बुधबार विहानैदेखि अचानक बर्षाभएपछि म्याग्दीको जनजिवन प्रभावित भएको छ । बर्षासंगै जिल्लाको माथिल्लो क्षेत्रमा तेस्रोपटक हिमपात भएपछि जनजीवन कष्टकर भएको छ । मंगलबार दिउँसो मौसम सफा भएनि बेलुकीदेखि ग्रामिण क्षेत्रमा हावाहुरीसंगै हल्ला बर्षासंगै हिमपात सुरु भएको हो । बेनी नगरपालिकाको ग्रामिण बस्तीमा समान्य हिमपात भएपनि मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा यो सिजनको तेस्रोपटक हिमपात भएको छ ।

मालिका गापा वडा नं ५ देविस्थानमा हिमपातले सेताम्ये भएको छ भने ओखरबोट लगाएत गाउँपालिकाक अन्य वडाको माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको छ। । विहानपख बर्षाले सर्वसाधारण आफ्नो नियमित काममा निस्कन सकेका छैनन् । १२ वर्षको अन्तरालमा जिल्लाको तल्लो क्षेत्रहरुमा पुनः तेस्रोपटक हिमपात भएको ताकमका स्थानीय यूवा गोपाल आचार्यले बताए । उनका अनुसार मुसलधारे बर्षाले बाहिर निस्कने अवस्था नभएको र विस्तारै हिउँ पर्न थालेको बताए । म्याग्दी सदरमुकामदेखि २६ कोष टाढा रहेको विकट तथा दुर्गम गूर्जा गाउँ आसपासमा पुरानै हिउँ जमेको अवस्थामै छ । मंगलबार राती म्याग्दीसंगै आसपासका क्षेत्रमा बादलले ढाकेको थियो ।

देविस्थानमा बुधबारको हिमपात । तस्वीर सौजन्य अच्यूत पौडेल