१७ वर्षीय किशोर, जसले सहसचिव स्तरको राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भन्दै हिँडे । ठाउँ ठाउँमा प्रहरी, सिडिओ र जनप्रतिनिधिलाई नै उल्लु बनाए । अनुसन्धानको जिम्मेवारी पाएको प्रहरी आफै उल्लु बने । होटलवालाले पैसा नपाएपछि उजुरी गरेपछि मात्र आफै एस्कर्टिङ गरेको व्यक्ति ठग भनेको थाहा पाए ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई नै ठगे । जनप्रतिनिधिमार्फत तेल हालेर नक्कली सेतो प्लेटवाला नम्बर गाडी भाडामा लिएर चालक नै राखेर जिल्ला दौडाहामा निस्के । इलामका सन्देश रम्तेल । इलाम नगरपालिकाको पूर्वनगर स्तरीय बाल सञ्जालका अध्यक्ष पनि भएकाले सामाजिक सञ्जालमा उनलाई परिचय दिन सजिलो भयो । श्रोतका अनुसार उनले कारबाही समेत भोगिसकेका छन् । त्यसपछि विभिन्न संस्थाको नाम लिएर देश विदेशका कार्यक्रमहरुमा उपस्थिति जनाउथे ।

रम्तेलले प्रहरीको स्कर्टिकङसमेत लिएर सरकारी नम्बरप्लेटको गाडीमा तनहुँदेखि मुस्ताङसम्म यात्रा गरेको बयान दिएका छन् । उनले वीरगञ्जमै नक्कली कार्ड बनाएको बताएका छन् । मुस्ताङदेखि पोखरा फर्केर लेकसाइडको तेन्जिङ हिलारी होटलमा बसेका उनले जब खाना खाएको पैसा तिरेनन्, अनि वास्तविकता बाहिर आयो ।होटलमा खाएको ३५ हजार रुपैयाँ सन्देशले नतिरेपछि उनको उजुरी प्रहरीकहाँ पुग्यो र उनी सोमबार प्रक्राउ परे । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कारपियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ । gandaknews.com