संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको सम्पर्कविहीन भएको छ।उक्त हेलिकप्टर ताप्लेजुङमा सम्पर्कविहीन भएको हो। गृहसचिव प्रेम राईले राज्यव्यवस्था समितिको बैठकमा दुर्घटनाबारे जानकारी गराएका छन्।  पाथिभराको दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दारेडाँडा भिर नजिकैबाट सम्पर्कबिहीन भएको हो। हेलिकप्टरमा ६ जना सवार थिए।

राज्य व्यवस्था समितिमा नागरिकताको विषयमा छलफल चलिरहँदा गृह सचिव प्रेमकुमार राईले मन्त्री चढेको हेलिकप्टर सम्पर्कविहीन भएको जनकारी दिए । मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए। थप विवरण आउन बाँकी छ।