संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी ताप्लेजुङ चढेको हेलिकप्टर पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको छ । हेलिकोप्टरमा मन्त्री अधिकारीसहित एयर डाइनेस्टीका मालिक आङ छिरिङ शेर्पा, विरेन्द्र बुढाथोकी, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र युवराज दाहाल रहनु भएको थियो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्ने भन्ने ठाउँमा दुर्घटना भएको ताप्लेजुङ विमानस्थलले विराटनगर टावरलाई जानकारी दिएको छ । चुच्चे ढुंगाको जंगल नजिकै हेलिकोप्टर टुक्रा टुक्रा अवस्थामा भेटिएको स्थानीय भुपेन्द्र गुरुङले टेलिफोनमा जानकारी दिनुभएको छ । उहाले भन्नुभयो,‘हेलिकोप्टर टुक्रा टुक्रा अवस्थामा छ अहिले पनि जलिरहेको अवस्था छ, एक जनाको शव देखिएको छ अन्यको अवस्था भन्न सकिदैन ।’उहाले प्रहरीले घटनास्थल घेरेर राखेकाले नजिक जान दिएको छैन । janatatimes.com