ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको निधन भएको छ । हेलिकोप्टर दुर्घटनामा परेर उनीहरुको निधन भएको नागरिक उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।

हेलिकोप्टमा यति एअरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहालसमेत छ जना थिए । दुर्घटना ताप्लेजुङको मयाममा भएको बताइएको छ । हेलिकोप्टरमा चालक दलका क्याप्टेन प्रभाकर केसी, वीरेन्द्रप्रसाद श्रेष्ठ र अर्जुन घिमिरे थिए ।