गण्डकी प्रदेशस्तरीय तेक्वान्डो प्रतियोगिताबाट २२ महिला तथा पुरुष खेलाडी आठांै राष्ट्रिय खेलकुदका लागि छनौट भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा दुईदिनसम्म सञ्चालित प्रतियोगिताबाट विभिन्न विधामा ११ जना पुरुष र ११ जना महिला छनौट भएका हुन् । प्रतियोगितामा ५४ केजी तौल समुहमा तार्जन कार्यत मगर (बागलुङ), ५८ केजी तौल मुनीमा सविन राना मगर (गोर्खा) ६३ केजीमा गणेश सिलवाल (पर्वत), ५८ केजी तौल मुनि हेमन्त गुरूङ (कास्की), ७४ केजीमा इश्वर नेपाली (पर्वत), ८० केजीमा लगन श्रेष्ठ (पर्वत) ८७ केजी तौलमा उत्तम मल्ल (पर्वत), ८७ केजीमा दिपक फगामी पुनमगर (पर्वत) रहेका छन् ।

त्यसैगरी पुरुष पुम्सेमा युकेश थापामगर (बागलुङ), पुरुष समुह पुम्सेमा प्रथम बागलुङ र जोडी पुम्सेमा कास्की प्रथम भएको छ । यसैबीच प्रतियोताको महिला तर्फको खेलमा ४६ केजीमा रश्मी श्रेष्ठ (म्याग्दी), ४९ केजीमा राखी शर्मा(कास्की), ५३ केजी तौल समुहमा पवित्रा बयाल केसी (गोर्खा) ५७ केजी तौलमा प्रतिक्षा सुबेदी (कास्की), ६२ केजी समुहमा शान्ती भण्डारी(कास्की), ६७ केजी समुहमा ममता गर्बुजा (म्याग्दी) रहेको जिल्ला खेलकुद विकास समितिका प्रतिनिधि एवम् तेक्वान्डो खेलाडी राजकुमार परियारले बताए ।

उनका अनुसार प्रतियोगिताको ७३ तौल समुहमा अस्मिता विक (तनहु) ७३ केजीभन्दा माथिको समुहमा मिरा गुरूङ (कास्की) रहेका छन् । प्रतियोगिता अन्तरगत आर्कषक मानिएको महिला एकल पुम्सेमा रेकमायाँ गुरूङ (कास्की), समुह र जोडी पुम्सेमा कास्कीले जितेको छ ।प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीले प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने छन् । गण्डकी प्रदेशका ८ जिल्लाका २ सय जना खेलाडी सहभागिता जनाएका थिए ।