महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा मगरले लाहुरे संस्कारका कारण राज्य सत्तामा मगर समुदायको प्रतिनिधित्व न्युन रहेको बताएकी छन् । बुधबार नेपाल मगर संघको ३७ औं स्थापना दिवस तथा नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीको सातौं अधिवेशनलाई सम्बोधन गदैं लाहुरेमा आर्कषण बढ्दा राज्यसत्ता, निजामति कर्मचारीमा मगर समुदायको उपस्थिीत कमजोर भएको मन्त्री थापा को भनाई थियो ।

नेपालमा परम्परा देखी एकात्मक शासन प्रणालीले गर्दा नेपालका आदिवासी जनजातिहरु राज्यको नेतृत्वतहमा पुग्न नसकेको बताईन् । ‘एकात्मक शासन व्यवस्थाको सिकार जनजाती समुदाय परेको छन्, अस्थीर राजनिति र बेरोजगारीको समस्याले विदेश पलायन हुन बाध्य भएकाले राज्य सत्तामा बषौंदेखि कमजोर भएको बताईन् । उनले सबै जातजाति, भाष र धर्मको साझा फु्लबारी भएको बताउँदै राज्य सत्तामा सबैको समान पहुँचको व्यवस्था हुनुपर्नेमा त्यसो नभएको स्वीकार गरिन् ।

शैक्षिक विकास ,राजनितिक सचेतना तथा आर्थिक विकास संगै सामाजिक कुरिति र विकृतिलाई न्युनीकरण गर्दै राज्यको हरेक सामाजिक, राजनितिक ,प्रशासनिक क्षेत्रमा पहुँच बढाउन सक्षम बन्नुपर्नेमा जोड दिईन्। नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनले परम्परादेखीको विभेदकारी नीतिका कारण पछि पारिएका आदीवासी जनजाती समुदायले अहिलेको संबिधानमा उल्लेखित अधिकारको उपयोगसँगै थप अधिकार प्राप्तीका लागि अग्रसर बन्नुपर्ने बताईन् ।

नेपाल मगर संघ गण्डकी प्रदेशका सचिव राजकुमार थापा मगर, नेकपाका नेता हरिकृष्ण श्रेष्ठ, बेनी नगरपालिका ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजाली,नेपाल मगर संघ जिल्ला कार्यसमितिका उपाध्याक्ष डकमाया पुर्जा,आदिबासी जनजाती महासंघ म्याग्दीका सल्लाहकार तथा मगर संघ म्याग्दीका संस्थापक मुक्ती रोका मगर,नेपाली कांगेस जिल्ला सदस्य मनप्रसाद शेरपुन्जा,मंगोल नेश्नल अर्गजनाइजेशन म्याग्दीका अध्यक्ष डिके फगामी, जनमुक्ती पार्टीका जिल्ला अध्यक्ष तिलक थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भइरहेको मगर संघका उपाध्यक्ष पुर्जा मगरले जानकारी बताए । अधिवेशनको पूर्वसन्ध्यामा बेनीबजारमा झरीमै भएपनि पुख्यौली नाच सहित बजार परिक्रममा गरिएको थियो । नेपाल मगर संघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता र सहसचिव पुर्ण पुन मगरको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।