नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा डकमायाँ पाईजा मगर निर्विरोध निर्वाचित भएकी छन् । बुधबार सम्पन्न सातौ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा लोकेश पुनमगर,सचिव खम थापा मगर, कोषाध्यक्षमा बिष्णु रोका मगर, सहसचिव हिरा बहादुर पुन मगर रहेका छन् । त्यसैगरी खुल्ला सदस्यतर्फ मनकुमार शेरपुञ्जा, रमेश फगामी,देबेन्द्र फगामी, हस्तकुमार थापा, सविता गर्बुजा, यामबहादुर मगर र भुनु तिलिजा रहेका छन् ।

अधिवेशनले बेनी नगरपालिकाबाट हिराबहादुर पुन मगर, मंगला गाउँपालिका मिलन रोका मगर, मालिका गाउँपालिका सरगम गर्बुजा मगर, धवलागिरी गाउँपालिका रामदेवी पुन, रघुगंगा गाउँपालिका अंकित पुनलाई चयन गरेको छ ।त्यस्तै महिला सदस्यतर्फ पुष्पा पुन, टकसरा मगर,लाली थापा, गमति शेरपुञ्जा, यामकुमारी पुन र सपना जुग्जाली रहेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा समिति विस्तार गरेकाले पनि जिल्लाको कार्यसमितिलाई समन्वय समितिको रुपमा नामाकारण गरिएको सचिव खम थापा मगरले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार कार्यसमितिमा अन्नपूर्ण गाउँपालिकाको प्रतिनिधि अर्को बैठकले चयन गर्ने छ । जिल्लाको मगर आन्दोलन तथा उत्थानका अभियानमा सक्रिय रहेकी अध्यक्ष पाइजाले मगर समुदायको हकहितका लागि सक्रिय हुने बताईन् ।उनले आफ्नो कार्यकालमा पुरानो अनभुवलाई प्रयोग गर्ने बताए ।नयाँ कार्यसमिति पदाधिकारीहरुलाइ प्रमुख अतिथि केन्द्रीय महासचिव ज्ञानेन्द्र पुन मगरले प्रमाणपत्र बितरण गरेका थिए ।