फलफूल स्वास्थ्यको लागि एक दमै फाइदाजनक हुन्छ । फलफूल भगवानलाई चढाउने चलन पनि हाम्रो समाजमा छ ।फलफूल धेरै किसीमको हुन्छ । गाउँघरमा मौसम अनुसारको फ्रेस फलफूल सेवन गर्न पाइन्छ । नरिवल केरा, स्याउ , अम्बा , आँप, मेवा लगाएतको फलफूलहरु बजारमा सधैँजसो पाए

पनि ग्रमीन भेगमा भने सिजनमा मात्र पाइन्छ । नेपालमा गर्मीको सुरुवात भएस‌गै यो समयमा नरिवलको पानी र नरिवलकाे सेवन गर्गदा अर्कै मज्जा आउँछ ।नरिवल अति उपयोगी फल पनि हो। यसबाट धेरै फाइदा लिन सकिन्छ । नरिवलको फल, पानी र तेल सबै उपयोगी हुन्छ । नरिवलको पानीले तिर्खा मेटाउने र पाचन बढाउने लगाएतको काम गर्छ । हाम्रो शरीरलाई चाहिने भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम नरिवलमा पाइने हुँदा यी सबै तत्त्वहरुले हाम्रो शरीरलाई तन्दुरुस्त राख्न सहयोग गर्छ ।

क्यान्सर, मधुमेह र एड्स जस्ता खतरनाक रोगकाबाट बच्न नरिवलको तेलले निकै मदत गर्ने थाइल्यान्डका प्रा. नारोग चोगचालोवले दाबी गरेका छन्। कपालमा नरिवलको तेल लगाउँदा कपाल लामो हुने महिलाहरु बताउछन् । भनिन्छ नरिवलले मोटोपन हुन दिदैन ।