Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

कहर बन्यो गुर्जालीलाई हिउँ : प्रकृतिसंग के गर्नु गुनासो ?

म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं १ मा पर्ने अत्यन्त दुर्गम गाउँ गुर्जा हिउँले ढाकिएको छ। यस वर्ष गुर्जामा ८ पटक हिमपात भएपछि गुर्जालीको जनजीवन अत्यन्तै कष्टकर बन्यो । गाउँमा विद्युत र संचार सम्पर्क समेत भएन । गोरेटोबाटो समेत हिउँले पुरिएपछि हप्तादिनसम्म मानिसहरु ओहोर दोहोर गर्न पाएनन् ।

कैयौं मानिसका लागि हिउँमा रमाउने रहर गुर्जालीका लागि भने कहर बनेको छ । गुर्जालीले गैंची,बेल्चा र कोदालोले हिउँ काटेर बाटो बनाउँदै ओहोर दोहोर गर्नु परेको छ । विद्युत र संचार अवरुद्ध भएपछि बाहिरी संसारसंग सम्पर्क विहीन हुनु पर्यो । तैपनि गुर्जालीलाई कसैसंग कुनै गुनासो छैन । मान्छेले सुन्दैन,प्रकृतिसंग के गर्नु गुनासो ??? धु्बसागर शर्मा

Exit mobile version