म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उदेश्यले ‘जाउँ हिड घुम्नलाई दाना गाउँमा’ भन्ने म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर, विश्वकै प्रसिद्ध उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा अवस्थित रुप्से झरना र अन्धगल्छीका साथै भुरुङ तातोपानी लगाएतका कालिगण्डकी नदी, भुमे सहित दर्जनौ कला र संस्कृतिलाई समेटेका छन् ।

गीतका परिकल्पनाकार एवम् शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनको परिकल्पना रहेको गीतमा चर्चित लोकगायक प्रकाश सपुतसंगै मुख्य भूमिका कविता गुरुङ रहेकी छन् । छांयाकनमा स्थानीय अगुवा, आमा समुह, जनप्रतिनिधिका साथै प्रवासी दानाबासीको समेत उपस्थिती रहेको छ । परिकल्पनाकार तुलाचनका अनुसार विश्वकै गहिरो अन्धगल्छी र सुन्दर रुप्से झरनाको प्रचारप्रसारका साथै पूर्वाधार विकासलाई समेत ध्यान केन्द्रित गरेर गीत बजारमा ल्याएको बताए ।

‘रुप्से र अन्धगल्छीले सिंगो म्याग्दीलाई चिनाइरहेको छ,’‘हामीले गीतसंगीतबाट पनि निरन्तर प्रयास गरिरहेका छौ’ तुलाचनले भने । उनले गीतमा उत्तरी क्षेत्रको बेनी जोमसोम सडकखण्ड अन्तरगत पर्ने धार्मिक तथा पर्यटकीयस्थललाई समेटेको बताएका थिए । लोकगायनको क्षेत्रमा समा ेत सक्रिय दाना गाउँ पञ्चायतका प्रधानपञ्च, गोरखा दक्षिणाबाहु चौंथोबाट विभुषित स्वर्गीय चक्रप्रसाद तुलाचनलाई सर्मपित गरिएको छ । गत महिना तुलाचनले रुप्से झरनामा लाईभ दोहोरीको समेत सुटिङ गरेका थिए । त्यस्तै ‘हाम्रो दाना गाउँ’ नामक म्यूजिक भिडियोले समेत प्रचारप्रसार गरिएको थियो ।