जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको फगाममा एक यूवाको भीरबाड लडेर ज्यान गएको छ । बिहिबार दिउँसो घरबाट बाहिर जाने क्रममा दानाको फगामको ठूलो भीरबाट लडेर १७ बर्षिया गणेश रसाईलीको ज्यान गएको प्रहरी निरिक्षक लोकेन्द्र बहादुर गुरूङले बताए । ‘घटनास्थलमै ज्यान गएपछि राती अस्पतालमा ल्याइएको थियोे,‘आज पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाएका छौ’ गुरूङले भने । बर्षासंगै हिमपातका कारण चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।