राजधानीमा भिख माग्न निषेध ! पक्राउ पर्न थाले मगन्ते

0

देशकै राजधानी काठमाडौंका सडक मगन्ते (भिखारी) रहित बनाइने भएको छ। त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । सडकमा हिँड्ने बटुवालाई अनावश्यक दुःख दिने मात्र नभई सहरको सभ्यतामाथि नै प्रश्न उठ्न थालेपछि प्रहरीले मगन्तेलाई पक्राउ गर्न थालेको छ। प्रहरीले मन्दिर र सडकमा माग्न बसेकालाई पनि हटाउने भएको छ।

सडकमा बस्ने मगन्ते लागू औषधका दुव्र्यसनीदेखि अपराधमा समेत संलग्न रहेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिन थालेको हो। त्यसरी नियन्त्रणमा लिएका मगन्तेलाई प्रहरीले खोजतलास समन्वय केन्द्रमा राख्ने गरेको छ।भिख माग्न संविधानले नै रोक लगाएको कारण सडकमा माग्न निषेध गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजेन्द्र पोखरलेले बताए। यो समाचार आजको आजको नयाँ पत्रिका दैनिकमा छ ।