छोराले केटी भगाउँदा आमा प्रहरी खोरमा

0

गल्ती छोराले गर्छ सजाय आमालाई । यस्तै भएको छ रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवामा । छोराले केटी भगाउँदा आमा प्रहरीमा खोरमा थुनिनुपरेको छ । जिल्लाको चन्द्रपुर नगरपालिका–१० बलुवा निवासी राजेश पासवानले केटी भगाउँदा उनकी आमा चिन्तादेवी दुई दिन महिला सेल गरुडामा थुनामा बसेकी हुन् ।

राजेशले सोही गाउँकी अकबर मियाकी छोरी शर्मिला खातुनलाई भगाएको आरोपमा चिन्तादेवी १२ र १३ फागुनमा दुई दिन महिला सेल गरुडाको थुनामा बसेकी हुन् । करिब ११ महिनाअगाडि छोरा राजेशले शर्मिलालाई भगाएको परिवारजनको भनाइ छ ।छोरी नाबालिक रहेको भन्दै शर्मिलाका बाबु अकबर मियाले नौ महिनाअघि छोरीको खोजतलास गरिदिन भन्दै महिला प्रहरी सेल गरुडामा उजुरी दिएका थिए । समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।