पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्र घोषण गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेको बेला हिन्दू राष्ट्र निमार्णमा सहयोग पु–याउने उद्देस्यले बेनी नगरपालिकाको वडा नं.–७ मा तुलसीनाथ सुवेदीको अध्यक्षमा एघार सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ ।  त्यसैगरि उपाध्यक्षमा मेनुका महत, सचिवमा पूर्णबहादुर जिसी, कोषाध्यक्षमा हरिनायण सुवेदी र सदस्यहरुमा सीता थापा, मंगलादेवी श्रेष्ठ, हरिकला सापकोटा, भुजु घिमिरे, मानबहादुर केसी, कविन्द्रराज जोशी, दुर्गाबहादुर श्रेष्ठ तथा सल्लाहकार सदस्यहरुमा नैनकुमार श्रेष्ठ, चन्द्रप्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।

बेनी नगरपालिकाका सम्पूर्ण वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने विस्व हिन्दू महासंघ म्याग्दीका कोषाध्यक्ष सुन्दर केसीले बताउनु भयो । साथै उक्त भेलाले सुवेदार पूर्णबहादुर जिसीको संयोजकत्वमा एघार सदस्यिय विस्व हिन्दू भूपू सैनिक संगठन म्याग्दी पनि घोषणा गरिएको छ । साथै ज्येष्ठ नागरिक श्री नैनकुमार श्रेष्ठलाई हिन्दू महासंघ म्याग्दीको पहिलो सदस्य बनाएर सदस्यता बितरण पनि गरिएको थियो । कार्यक्रम विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको अध्यक्षता र सचिव लोकनाथ भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।