हाशिवरात्री हिन्दु धर्मावलम्बीहरुको एक बिशेष पर्ब हो । शिवरात्रीको दिन हिन्दु धर्मावलम्बीहरुले बिभिन्न अनेक उपसना गरेर शिव भगवानलाई प्रसन्न पार्ने गरिन्छ । यो पर्ब नजिकै आइसकेको छ । शिवरात्रीको दिन भक्तजनहरुले विशेष महत्वको साथ अनेक उपसना गरेर शिवको पुजा गरिन्छ ।

महाशिवरात्रीको दिन शिव मन्दिरमा गएर शुद्ध मनले स्नान गरेर शिवजीलाई खुसी पार्ने गरिन्छ । हरेक वर्ष फाल्गुन महिनामा पर्ने शिवरात्रीलाई विशेष महत्वको साथ मानिन्छ ।शिवको पुजा आरधना गर्नाले व्यक्तिकोे जीवनमा सुख, समृद्धि साथै धन प्राप्त हुने विश्वास रहेको छ । यो वर्षको शिवरात्रीमा शिवजीलाई कसरी खुशि बनाउने ती उपाय आज हामि बताउदै छौ ।

१।शिवरात्रीको दिन शिवको तस्वीर अथवा शिव मन्दिरमा गएर पुजा गर्ने । २। शिवरात्रीको दिन कालो रंगको कपडा प्रयोग गर्नु हुदैन । ३।सबैभन्दा पहिले माता पार्वतीको साथै नन्दीलाई जल अर्पण गर्ने४।विधिवत रुपमा शिवलिंगीमा पुजा गर्ने ५।शिवलिंगीमा जल चडाइ शिवलिंगीलाई स्पर्श गरेर ॐ नमः शिवाय मन्त्रको जप गर्ने ६। तिल, जौ, सातु, बेलपत्र, फलफुल, चन्दन, धतुरो, घ्यू, मह, रुद्राक्ष आदि चढाउने र धुप बत्ति बाल्ने ७। शिवरात्रीको दिन निराहार बस्ने यदि नसक्ने भए फलाहार खाएर व्रत बस्ने ।