म्याग्दीको सुरक्षा अवस्थाको बारेमा जिल्लाका उद्योगी, व्यवसायी र सुरक्षा अधिकारीहरुबीच आइतबार बेनीमा अन्तरक्रिया भएको छ । म्याग्दी उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा म्याग्दीको जलविद्युत, होटल, पर्यटन, वन पैदावार लगायत उद्योग, व्यवसाय र ठूला आयोजनाहरुको सुरक्षाका विषयमा छलफल भएको हो ।

छलफलमा नेपाल उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष प्रमोद श्रेष्ठले पर्यटकीय स्थल, त्यहाँका होटल तथा लज, जलविद्युत र सडक लगायत ठूला पूर्वाधार आयोजनाको सुरक्षामा प्राथमिकता दिनुपर्ने बिचार व्यक्त गर्नुभयो ।प्रहरी नायव उपरिक्षक मुहेन्द्रप्रसाद मरासिनीले निजी सरकार लगानीको सुरक्षामा प्रतिवद्ध रहेको र आयोजना तथा उद्योगहरुको सुरक्षाका लागि नयाँ रणनीति अपनाइने बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको अध्यक्षता, महासचिव लीलाराम गौतमको सञ्चालन र बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले समापन गर्नुभएको कार्यक्रममा पूर्व अध्यक्षहरु जिवनबहादुर विश्वकर्मा, कुबिर श्रेष्ठ लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नवआगन्तुक प्रनाउ मरासीनी, धौलागिरि हाइड्रोका अध्यक्ष बिनोद कुँवर र प्रबन्ध निर्देशक हर्कमान घर्तीलाई स्वागत गरिएको थियो ।