जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको अक्षय कोषमा एक ब्यक्तिले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् । मंगला गाउँपालिका वडा नं ४ बरंजा स्थायी घर भई हाल चिनको विषेश प्रशासनिक क्षेत्र हङकङमा बस्ने ईन्जिनियर हर्कमान घर्तीमगरले कोषलाई उक्त सहयोगको घोषणा गरेका हुन् ।

मोना हङकङका संरक्षक एवम् धौलागिरी मालिका हाईडो लि मार्फत पश्चिम म्याग्दीमा निर्माणधिन अवस्थामा रहेको २५ मेगावाटको दरवाङ खोलाको प्रबन्धक निर्देशक समेत रहेका मगरले आइतबार सहयोगको घोषणा गरेका हुन् । केहीदिन अगाडी हङकङमा गएको कोषको टोलीलाई मगरले २ लाख सहयोगको प्रतिबद्धता जनाएका थिए । कोषले हङकङमा एकैदिन ४० लाख सहयोग जुटाएको थियो । बेनी नगरपालिका–४ सिंगाकी ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि कोषको स्थापना गरिएको थियो ।