सेते तिलिजा पुन /अन्नपूर्ण गाउँपालिका ५ शिखमा आइतबार महिला शशक्तिकरणका लागि कानूनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको तालिमको शाखाका सहायक महिला विकास निरिक्षक तुलसी पाइजा (थापा) र सुआहाराकी गिता मिजारले सहजिकरण गर्नुभएको थियो ।

महिलाहरुलाई कानुनी ज्ञान प्रदान गरेर उनिहरुलाई सामाजिक, आर्थिक, शैक्षिक, नेतृत्व तथा क्षमताको विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ३७ जनाको सहभागिता रहेको थियो । तालिम सञ्चालनका लागि वडाको प्रस्तावमा गाउँपालिकाले एक लाख रुपैयाँ बिनियोजन गरेको थियो ।

कान्छी बाराही महिला बचत तथा ऋण सहकारीका अध्यक्ष दिर्जु रन्तिजाको अध्यक्षता, वडा अध्यक्ष दिनेशकुमार तिलीजा पुनको प्रमुख आतिथ्यता र दुर्गा मिजारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रशिक्षक द्धय थापा र मिजारले शिख माविको कक्षा ६, ७ र ८ का विद्यार्थीहरुलाई लैङगिक भेदभाव, बाल शोषण, बालअधिकार र बेचबिखन न्युनीकरणका सम्बन्धमा प्रशिक्षण पनि दिनुभएको थियो ।