गण्डकी प्रदेशस्तरीय कवड्डी खेल प्रतियोगितामा म्याग्दीले उपविजेता हुदै रजत पदक जितेको छ । नवरपुल जिल्लामा आयोजित छनौट प्रतियोगितामा कास्कीसंग पराजित भएको थियो । प्रतियोगितामा म्याग्दीको बेनी नगरपालिका, अन्नपूर्ण, रघुगंगा र मंगला गाउँपालिकाका खेलाडीलाई छनौट गरी प्रतियोगितामा सहभागी बनाइएको प्रशिक्षक राजकुमार परियारले बताए । उनका अनुसार म्याग्दीबाट प्रथम स्थानका लागि गरिएको प्रयास सफल नभएपनि प्रदेश नम्बर ५ मा आयोजना हुने आठांै राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडीमा म्याग्दीका समेत पर्ने बताए ।

प्रतियोगितामा म्याग्दी खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा सहितको टोली समेत पुगेको छ । जिल्लाका ६ वटै स्थानीय तहमा सञ्चालित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धवलागिरी र रघुगंगा बाहेक अन्य स्थानीय तहमा कवड्डी खेल सञ्चालन गरिएको थियो । कवडड्ी खेलमा म्याग्दीको सम्भावना रहेको खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माले बताए । यसैबीच कवढ्डीको पुरुष टोली भने पराजित भएको छ ।