नेपालमा हिन्दू धर्म विरोधी गतिविधिहरु बढिरहेको र पछिल्लो समय नेपालमा पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ मार्फत् सक्रिय हुन थालेका छन् ।

हिन्दू धर्ममा आस्था राख्ने आस्थावानहरुको एक भेलाले बेनी नगरपालिकाको वाड नं.–८मा अमरराज पाण्डेको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ वडा नं.–८ को वडा कार्य समिति गठन गरिएको छ । त्यसैगरि उपाध्यक्षमा जगन्नाथ पौडेल, सचिवमा बलाराम सुवेदी, कोषाध्यक्षमा देवी पूर्जामगर र सदस्यहरुमा धनकुमारी थापा, डीलकुमारी खड्का, हरिप्रसाद पौडेल र सीता आचार्य चयन हुनु भएको छ ।

बेनी नगरपालिकाका सम्पूर्ण वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने र हिन्दू धर्ममा आस्था राख्नेहरुलाई एकताको सुत्रमा बाध्ने उद्देस्य रहेका विश्व हिन्दू महासंघ म्याग्दीका सह सचिव तथा पण्डित छविलाल पौडेलले बताउनु भयो । कार्यक्रम विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको विशेष उपस्थितिमा सम्पन्न भएको थियो । पछिल्लो समय नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेकोे छ ।