स्वर्गीय आफन्तको सम्झनामा मंगला गाउँपालिका वडा नं १ कुहुँको दिपशिखा माविलाई आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक विकासमा सघाउन विद्यालयका भूपु प्रधानध्यापक भद्रबहादुर र सुशीला घर्ती क्षत्रीले दिवङ्गत आमा नन्दकलीको स्मृतिमा ५० हजार ५०१ रुपैयाँ सहयोग गरेका छन् ।

स्वर्गीय नन्दकलीको काजकिरियामा हुने खर्चबाट उक्त सहयोग गरेको विद्यालयका प्रधानध्यापक नन्द बहादुर खत्रीले बताए। उनका अनुसार भद्रबहादुरले स्वर्गीय पिता टेकबहादुरको स्मृतिमा समेत ५० हजार सहयोग गरेका थिए । ‘उहाँको सहयोगबाट विद्यालयमा सहज भएको छ,‘शैक्षिक तथा भौतिक पूर्वाधारमा उहाँको भूमिका महत्वपूर्ण छ’ प्रअ खत्रीले भने ।

यसैबीच साविकको कुहुँ गाविसका उपाध्यक्ष एवम् शिक्षक अभिभावक संघका सदस्य धनलाल रोका, भुपु वडा सदस्य तथा भुपु विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उदिबहादुर रोका, स्थानीय फबहादुर रोका,लेदेबी रोका, यामबहादुर रोकाले स्वर्गीय विष्णुमति रोका र पिता दलबहादुर रोकाको स्मृतिमा ५० हजार ५ सय सहयोग गरेका छन् । विद्यालयसंगै मालिका आमा समुहलाई ५ हजार, नमुा आमा समुहलाई ५ हजार, पुख्यौली समुहलाई ५ हजार, सिम कुहुँ मोटरबाटोलाई ११ हजार सहयोग गरेको छन् । विद्यालयमा स्वदेश तथा विदेशमा रहेका कुहुँबासीले निरन्तर सहयोग गर्ने गरेका छन् ।