पोखरामा बुधबारदेखि प्याराग्लाइडिङ बन्द हुने भएको छ । व्यावसायीले प्याराग्लाइडिङ उडान गरेबापतको कर तिर्न अटेरी गरेपछि प्याराग्लाइडिङ बन्द हुने भएको होपोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले कर तिर्नका लागि पत्र लेखे पनि व्यवशायीले अटेरी गरेपछि प्याराग्लाइडिङ उडान नै बन्द गर्न लागिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार वडा कार्यालयले अन्तिम पटक फागुनको १५ गते पत्र लेखेर फागुनको २१ गते भित्र कर नबुझाए उडान रोक्ने बताएको थियो । तर सो निर्देशनलाई नमानेपछि महानगरले प्याराग्लाइडिङ नै बन्द गर्ने भएको हो ।

अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको छ । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिएका छन् ।प्रदेश सरकारले जारी गरेको नीतिअनुसार प्रत्येक कम्पनीले वार्षिक रुपमा पर्यटन करबापत एक लाख २५ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । उक्त कर बापतको रकम वडा कार्यालय वा महानगर कार्यालय मध्य एक ठाउँमा बुझाउनु पर्ने हुन्छ । दैनिक नेपाल

विज्ञापन