नेपाल युवा परिषदले विगतका वर्षहरूमा झैँ यो बर्षमा पनि नेपालका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीलाई राजधानीमा ल्याई अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय युवा सम्मेलन२०१९ आयोजना गर्न लागेको छ ।

पर्यटन (नेपाल भ्रमण वर्ष २०२०), ५० अण्डर ५० (लैंगिक समानता), दिगो विकास लक्ष्य, युवा नेतृत्व, र युवा उद्यमशीलतालाई मुख्य विषय बनाई आयोजना गर्न लागेको हो र यससम्मेलन राजधानी अगष्ट १०, ११ र १२ सम्म चल्नेछ ।

३ दिनसम्म चल्ने सम्मेलनमा २०४ जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ५० जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यससम्मेलनले एक समावेशीताको उदारण हुनेछ भन्ने कुरामा आयोजक बिश्वस्त रहेको छ र जसमा ५० प्रतिशत महिलाहरु नै सहभागी हुनेछ । विगतका बर्षहरुमा झैँ यस बर्ष पनि १८ देखि ३० बर्ष उमेर समुहका युवाहरुआफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन गरिरहेका वा व्यवसाय संचालन गरिरहेका वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०१९ मा सहभागि हुन पाउनेछन् ।

सम्मेलनमा सहभागी हुन आउने युवाहरुले स्थानीय सरकारसंग सोही जिल्लामा अध्ययन गरी बसिरहेको हो भनि सिफारिस पत्र लिएर मात्र सम्मेलनमा सहभागी हुन पाउनेछ ।

प्रत्येक प्रदेशका सहभागीहरूले सम्मेलनमा सहभागी हुन आउनुभन्दा अगाडि पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति मुख्यमन्त्रीलाई बुझाउनुपर्नेछ ।

सम्मेलनमा सहभागी भई गए पश्चात् पनि सम्मेलनको घोषणापत्र र प्रेस विज्ञप्ति प्रदेशको मुख्यमन्त्री र स्थानीय निकायलाई बुझाउनेछन् । नेपाल युवा परिषदको ७ ओटै प्रदेशमा आफ्नो प्रदेश संयोजकहरु नियुक्ति भई कार्य गरिरहेका छन् ।

यसपटकको सम्मेलनमा प्रत्येक प्रदेशलाई १–१ स्टल दिईन्छ । जहाँ सहभागीहरूले आफ्नो प्रदेशको कला संस्कृति, पर्यटनलाई प्रवद्र्धन गर्ने बिभिन्न सामाग्री प्रदर्शनको लागि राख्न पाउनेछन् ।

त्यो स्टल तीन दिनसम्मनै कार्यक्रम स्थलमा राखिनेछ । ३ दिनको अबधिभरि राखिने स्टलहरुमा प्रत्येक प्रदेशको संस्कृति, पर्यटन र भेषभुषालाई प्रवद्र्धन गर्नको निम्ति राखिने साम्रगीहरू सहभागीले आफैले ल्याउनु पर्नेहुन्छ ।

सम्मेलनमा युवा सांस्कृतिक साँझको आयोजना पनि गरिनेछ जहाँ सबै सहभागीहरुले अनिवार्य रुपमा आफ्नो जातिय पोसाकमा सहभागिता जनाउनु पर्नेछ ।गत वर्ष झैँ यसपटक पनि प्रत्येक प्रदेशले बनाएको बिभिन्नकार्ययोजना मध्ये एक उत्कृष्ट कार्ययोजनालाई सिडमनी प्रदान गरिनेछ ।

विज्ञापन