नेपालमा हिन्दू धर्म विरोधी गतिविधिहरु बढिरहेको र पछिल्लो समय नेपालमा पस्चिमा संस्कृतिहरुले स्थान पाइरहेको बेला म्याग्दीमा भने हिन्दू धर्मावलम्विहरु आफ्नो धर्म र संस्कार बचाउँ भन्ने उद्देस्यले विश्व हिन्दू महासंघ मार्फत् सक्रिय हुन थालेका छन् ।

हिन्दू धर्ममा आस्था राख्ने आस्थावानहरुको एक भेलाले बेनी नगरपालिकाको वाड नं.–६मा गिरिजानन्द पौडेलको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ वडा नं.–६ को वडा कार्य समिति गठन गरिएको छ । त्यसैगरि उपाध्यक्षमा देवी आचार्य, सचिवमा वुद्धिप्रसाद ढुङ्गाना, कोषध्यक्षमा भोजनाथ पौडेल र सदस्यहरुमा क्रमशः होमकुमारी रेग्मी, भवदत्त आचार्य, मुक्तिनाथ ढुङ्गाना, डण्डपाणि पौडेल र अम्बिका पौडेल ढुङ्गाना चयन हुनु भएको छ भने सल्लाहाकार सदस्यहरुमा दण्डपाणि उपाध्याय, नवराज पौडेल र योगनाथ रिजाल चयन गर्नुभएको छ।

बेनी नगरपालिकाका सम्पूर्ण वाडहरुमा पनि क्रमशः विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गर्दै जाने र हिन्दू धर्ममा आस्था राख्नेहरुलाई एकताको सुत्रमा बाध्ने उद्देस्य रहेका विश्व हिन्दू महासंघ म्याग्दीका सह सचिव तथा पण्डित छविलाल पौडेलले बताउनु भयो । विस्व हिन्दू महासंघ म्याग्दीका अध्यक्ष श्री कृष्णप्रसाद आचार्य ज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव लोकनाथ भुषलले गर्नुभएको थियो । पछिल्लो समय सदन देखि सडकमा समेत नेपाललाई पुनः हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेकोे बेला म्याग्दीका हिन्दू धर्मावलम्विहरु समूह मार्फत एक हुन लागिरहेका छन् ।