प्रधानमन्त्री केपी शर्मा ओली चढेको जहाज आधा घण्टा आकाशमै होल्ड गरिएको विषयमा छानविन गर्न समिति बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाइएको हो ।

प्रधानमन्त्री ओली मंगलबार झापाबाट काठमाडौं फर्किने क्रममा उनी चढेको जहाजलाई ३० मिनेटसम्म आकाशमा होल्ड गरिएको हो । सोही घटनाका विषयमा छानविन गर्नका लागि समिति बनेको हो ।समितिलाई सत्यतथ्य पत्ता लगाउन आठ दिनको समय दिइएको छ ।