बर्दियामा जन चेतना जगाउन भन्दै धेरै गैर सरकारी स‌स्थाहरू गाउँ गाउँमा पुगेका छन् । तर ती स‌स्थाहरूलाई चुनौति दि‌दै बर्दिया जिल्ला गेरूवा गाउँ पालिका वडा नं ४ मा बस्ने १२ बर्षिया बालिका भावना बस्नेतले बच्चा जन्माएपछि अहिले सबै सोचमा परेका छन् । गेरूवा गाउपालिका कि भावना १४ बर्षिय नन्द बहादुर रावत संग प्रेममा बाधिएपछि उनले बच्चा जन्माएकी हुन् । अहिले बर्दिया जिल्लामा यो बिषयले चर्चा पाउन थालेको छ । निकै गरिव परिवारमा जन्मिएकी भावना अहिले बच्चा सहित आफ्नो दिदी गौरी बस्नेतको घरमा बस्दै आएकी छिन ।

नन्द बहादुर रावत र भावना बीच बिवाह नभई बच्चा जन्मिएको हो ।अविवाहित त्यसमाथी कलिलो उमेरमै बच्चा जन्माएपछि बिपन्न परिवारकी भावनाकाे भविश्यलाई लिएर चिन्ता थपिएको हो ।नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धितालले बच्चालाई पालन पोषणमा निकै समस्या देखिएको बताउनु भयो ।बच्चा सहित भावना अहिले आफनो दिदिको घरमा बस्दै आएकी छिन् भने नन्द बहादुर आफ्नै बाबू आमा संग बस्दै आएका छन् । भावना यतिबेला सहयोगी हातकाे खोजीमा छिन् ।