कतारमा ज्यान गुमाएका एक म्याग्देलीले ६० लाखभन्दा बढी क्षतिपुर्ती पाएका छन् । बेनी नगरपालिका वडा नं ४ (साविकको सिंगा गाविस–७ )का पूर्ण बहादुर सार्की (राहदानी नंम्बरमा ४५५५२५३)लाई कतार सरकारले २ लाख कतारी रियल अर्थात ६१ लाख ८० हजार क्षतिपूर्ति पाएका छन् । सन् २०१४ मा गैरकानुनी तरिकाले काम गरिरहेको अवस्थामा पक्राउ गरी घर फिर्ती केन्द्र (डिर्पोटसन सेन्टर) मा राखिएको अवस्थामा भएको आगलागीमा सार्कीको मृत्यु भएको थियो ।

मृतक सार्कीको क्षतिपूर्ती लिन भाईबुहारी शान्ती सार्की कतार पुगेकी थिईन् । मृतक सार्कीका दुई छोराछोरी छन् भने श्रीमतिले दोस्रो विवाह गरिसकेकी छन् । कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलवार रकम हस्तान्तरण गरेको मोना कतारका महासचिव राजु पौडेलले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार कतारमा म्याग्देलीको दुर्घटनामा मृत्यु भएपछि नेपाली दुतावासबाट समेत सक्रियता देखाउने गरेको छ । सार्कीका पिता सोमबहादुर सार्कीको समेत मृत्यु भइसकेको अवस्थामा कतारबाट प्राप्त आर्थिक दुई छोराछोरीको शिक्षादिक्षा लगाएतमा खर्च गर्ने गरी बैङ्किङ्ग च्यानल मार्फत प्रयोग गरिने बेनपा ४ का वडा अध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए ।

उनका अनुसार कतार सरकारले मागेका कागजात पठाइएकाले मृतकका छोराछोरीको उच्च शिक्षा सहित अन्य कार्यका लागि समेत सहज भएको बताए । मृतक सार्कीका बारेमा जानकारी पाएलगत्तै म्याग्दी सेवा समाज हाल नाम रुपान्तरित मोना कतारले कानुनी प्रक्रियाका लागि निरन्तर पहल गरेको थियो । सोही घटनामा सार्कीसंगै आगलागीमा भरतपुर ६ धनुषाका शिरण कापरको समेत मृत्यु भएको थियो । मृतक कापरकी श्रीमति काकुल्ती देवी कापरले समेत क्षतिपुर्ती लिन पुगेकी थिईन् । उनीहरूलाई उनीहरूलेसो रकम नेपालमा प्राप्त गर्नेछन् ।