म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको नवौं साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको छ । कतारमा रहेका म्याग्देलीको साझा संस्था मोनाको नवौं साधारणसभाबाट अध्यक्षमा तिलु शर्मा पौडेल (रघुगंगा गाउपलिका -२) बरिष्ठ उपाध्यक्षमा मिन बहादुर कार्की (बेनी नगरपालिका -५) प्रथम उपाध्यक्षमा नरेन्द्र फगामी (मालिका गाउपलिका -५ देबिस्थान) दित्तिय उपाध्यक्षमा लुक ब रसाइली (आकाश) मालिका गाउपलिका- ४) महासचिवमा थमकुमार गिरी (अन्नपूर्ण गाउपलिका -६) सचिब देबीदत्त कडेंल (मंगला गाउपलिका-४ बरन्जा) सचिबस भुमिश्वर सापकोटा (मंगला गाउपलिका-५अर्मन) कोषाध्यक्ष अजय कुवर (बेनी नगरपालिका-५)  सह कोषाध्यक्षमास् गोकुल बिक, बेनी नगरपालिका-६) रहेको निर्वाचन समितिले जनाएका छ ।

साधारणसभाबाट सदस्यहरुमा कुलमती सुनार रसाइली, (मालिका गाउपलिका- ४) मन बहादुर सार्की (बेनी नगरपालिका-३) डम्बर बहादुर थजाली, रघुगंगा गाउपलिका-५ टेकसागर बिश्वकर्मा, (बेनी नगरपालिका-१) चक्र बहादुर खत्री, (बेनी नगरपालिका-४) निल प्रसाद पुन (रघुगंगा गाउपलिका-१ बेग) , गंगा बस्नेत (मँगला-४) र हेम बानिया (बेनपा- ५) रहेका छन् ।

साधारण सभाको प्रमुख अथितिको रुपमा उपस्थित हुनु भएका मोना आइ इ सी का अध्यक्ष  चक्र बहादुर थापाले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो। त्यस्तै गरि बिशेष अतिथिको रुपमा मोना आइ इ सी का उपाध्यक्ष तथा एन आर एन यु के का अध्यक्ष  योगेन्द्र फगामी, मोना आइ सी कि का उपाध्यक्ष श्री प्रेम बहादुर बिक, मोना आइ इ सी का महासचिव मिम पुर्जा, मोना आइ इ सी का सचिव  बिक्रम कार्कि, मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, मोना आइ इ सी का सदस्य  लोक राना लगायतका मोना आइ इ सी र बिभिन्न एन इ सी का ब्यक्तितिव हरुको साथ साथै एन आर एन ए एन सी सी कतार अनि दोहा कतारमा क्रियाशील बिभिन्न बैचारिक सस्था, जिल्ला सस्था, प्रादेशिक सस्था, सामुदायिक तथा जातिय सस्थाका प्रमुख एवं प्रतिनिधिहरु बिशेष अतिथि तथा अतिथिको रुपमा उपस्थित हुनु भएको थियो।

मोका कतारका निबर्तमान अध्यक्ष रमेश पौडेलको अध्यक्षता अनि निबर्तमान महासचिव राजु पौडेल र निबर्तमान बरिष्ठ उपाध्यक्ष तिलु पौडेलको को सहसंचालानमा सम्पन्न कार्यक्रममा सस्थाका निबर्तमान उपाध्यक्ष मिन बहदुले कार्कीले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो भने सस्थाको २०१७-१९ कार्यकालको आर्थिक तथा प्रगति प्रतिवेदन सस्थाका निबर्तमान कोषाध्यक्ष थम कुमार गिरीले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रमलाई मोना आइ सी का अध्यक्ष चक्र बहादुर थापा, उपाध्यक्षद्वय योग कुमार फमागी र प्रेम रसाइलि, महासचिव मिम पुर्जा, केन्द्रिय सदस्य लोक राना, मोना नेदरल्याण्डका अध्यक्ष जंग पुन, एनआर एनएन सी सी कतारका।एन आर एन ए एन सी सी कतारका उपाध्यक्ष शुदर्शन भट्ट , एन आर एन आइ सी सी का मानार्थ सदस्य टि बि कार्की, बिभिन्न प्रदेश समन्वय परिषद्का प्रमुखहरु, बिभिन्न बैचारिक, सामुदायिक तथा जिल्ला सस्थाका प्रमुखहरु लगायतले सम्बोधन गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

शुभकामना मन्तव्यको बीच बिचमा बिभिन्न मनोरन्जनात्मक सांगीतिक प्रस्तुतिहरु सहितको उदघाटन सत्र सम्पन्न भए लगत्तै निर्बाचन समितिले बन्द सत्रको प्रक्रिया अगाडी बढाएको थियो। निर्बाचन समितिले पुर्ब निर्धारित कार्यक्रमहरु जम्मा १७ सदस्यिय कार्यासमितिको लागि उम्मेदवारीआवाह्वान गरेकोमा कुनै पनि पदमा एक भन्दा बढी उम्मेद्वारी नपरेको सम्पूर्ण कार्यसमिति निर्बिरोध निर्बाचित भएको घोषणा गर्दै निर्बाचित सम्पूर्णलाई बधाई तथा प्रमाण पत्र प्रदान गर्दै साधारण सभा सम्पन्न गरिएको थियो।

कार्यक्रमको अन्त्यमा नव निर्बाचित अध्यक्ष तिलु शर्माले सबैलाई धन्यबाद दिदै आगामी पचास दिन भित्राम मोना कतारले एउटा बृहत सास्कृतिक कार्यक्रममको आयोजना गर्ने र बाकि कुरा अहिले कुनै प्प्रतिबद्धता नगर्ने बरु आगामी दिनमा काम गरेर पुष्टि गर्ने कुरा बताएका थिए। कतारमा रहेका म्याग्देलीले रोजगारको सिलसिलामा पुगेकालाई संगठित गर्ने उदेश्यल सन् २००३ मा म्याग्दी सेवा समाज गठन गरेका थिए । प्रेम रसाईलीको संयोजकत्वा गठन भएको उक्त संस्थाको नामकरण मोना गरिएको थियो । संस्था मार्फत जिल्लामा विभिन्न किसिमका सहयोग भइरहेको छ ।