गण्डकी प्रदेशस्तरीय महिला भलिबल र पुरुष बास्केटबलमा प्रतियोगितामा म्याग्दी फाइनला प्रवेश गरेको छ । पोखरामा जारी प्रतियोगितामा म्याग्दीले पर्वतलाई पराजित गदैं फाइनलमा प्रवेश गरेको हो । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट सहभागिता जनाउने खेलाडी छनोट खेल अन्तरगत म्याग्दीले मुस्ताङ, नवरपुर र पर्वतलाई पराजित गदैं फाइनलमा प्रवेश गरेको खेलकुद प्रशिक्षक तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार फाइनलमा कास्कीसंग भिड्ने छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगितामा म्याग्दीबाट राष्ट्रिय खेलाडी अरुणा शाही,पवित्रा विसी, सृजना पाईजा, रेविना घर्ती, सुस्मी पुर्जा, मायाँ तिलिजा, मेनुका तिलिजा, दुर्गा पाईजा र निसा पाईजा लगाएतका खेलाडी मैदानमा छन् ।

प्रतियोगितामा उपाधी जित्न म्याग्दीले निकै मेहनत गरेको छ । प्रतियोगितामा विजेता वा उपविजेता भएपनि म्याग्दीबाट सहभागी अरुणा शाही, पवित्रा विसी लगाएतका खेलाडीहरु राष्ट्रिय प्रतियोगिताका लागि छनौटको सम्भावना उच्च छ । अरुणा शाही नेपालको राष्ट्रिय टिमबाट प्रतियोगितामा सहभागि हुदै आएकी छन भने पवित्रा विसी क्षेत्रीयस्तरका खेलमा सहभागी हुन्छिन् । यसैबीच बास्केटबल तर्फ पनि म्याग्दीको टोली उपाधीका लागि भिड्दै छ । यो समाचार तयार पर्दासम्म बास्केटबलको फाइनल खेल जारी रहेको छ ।