सदरमुकाम बेनीस्थित संगमचोकमा निर्मित भवनको उद्घाटनका लागि नेपाली कांग्रेसका सभापति एवम् भुतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रबक्ता विश्वप्रकाश शर्मा लगाएत केन्द्रिय टोली बेनी आएका छन् । भवन उद्घाटनको अवसरमा बेनीबजार परिक्रममा गरिएको थियो ।

सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नेताकार्यकर्ताको उपस्थितिमा पार्टी सभापति र बरिष्ठ नेताले उद्घाटन गरेका थिए । करिव ७० लाखको लागतमा निर्मित भवन लगत्तै संगमचोकमा कार्यक्रम भइरहेको छ ।