प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले संरक्षण गरेको बताएका छन् । सरकारकै उच्च ब्यक्तिका आफन्तको संलग्नता सार्वजनिक हुने डरले प्रधानमन्त्री ओलीकै निर्देशनमा पन्तको हत्या, सुन काण्ड र वाईडवडी विमान खदिरमा संलग्नलाई लुकाउने प्रयास भएको बताए । ‘अपराधीलाई कारबाही गर्नुको सट्टा लुकाउन खोजिएको छ’ देउवाले भने ।

शनिबार नेपाली कांग्रेस म्याग्दीको बि.पी स्मृति भवनको उद्घाटनका लागि म्याग्दी आएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले वर्तमान सरकारले राष्ट्रको हित विपरित काम गरिरहेकाले बाध्य भएर आन्दोलनमा जानुपर्ने अवस्था आएको बताए ।उनले कम्युनिष्टको सरकार बनेको एक बर्षमा भ्रष्टचार संस्थागत, हत्याहिंसाका कारण जनतालाई न्याय र सुरक्षा दिने कुरामा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गदैं विश्वबाटै सरकारप्रतिको विश्वास घट्दा लगानी भित्राउन समेत समस्या भएको बताए ।

‘सरकारले बधाई दिने एउटा पनि काम गर्न सकेन्,‘एकबर्षमै सरकारले आफ्नौ हैसियत देखाइसकेको छ’ देउवाले भने। पार्टीभित्रको विवादलाई अन्त्य गदै एक भएर कार्यकर्तालाई सन्देश दिन तयार रहेको समेत देउवाले बताए । उनले म्याग्दीबाट एकताको सन्देश दिन तयार रहेको बताउँदै पार्टीभित्रको समस्यालाई समाधान गदैं एकजुट भएर कम्युनिष्टको अत्याचार विरुद्ध लड्ने बताए ।

आन्तरिक लोकतन्त्र संस्थागत गदैं पार्टीभित्रको विवादले कार्यकर्तामा निराश फैलिएको तर्फ संकेत गदैं निर्वाचनबाटै समस्याको समाधान गर्ने बताउनुभयो । सोही अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायलय र अख्यिार दुरुपयोग अनुसन्धान सहित सबै क्षेत्रमा प्रधानमन्त्री ओलीले हस्तक्षेपकारी नीति लिएको बताए ।

‘प्रधानमन्त्रीले आयोगको प्रमुखको भूमिका पनि आफ्नै जस्तै देख्नुभएको छ,‘उहाँले भ्रष्टचार गरेको छैन भन्दै फैसला गदैं हिड्नुभएको छ’ पोडेलले भने । प्रधानमन्त्री ओलीको संलग्नतामै ठूला अनियमितताका काम भएकाले आफै कार्यपालिका र न्यायपालिकाको नेतृत्व गरेजस्तै अभ्यास गरिरहेको पौडेलको भनाई थियो ।

हेलिकप्टर दुर्घटनामा परेर निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई वाईडवडी विमान खरिदमा निर्दोष रहेको अभिब्यक्ति दिएर अख्यिार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको भूमिका प्रस्तुत गरेको भन्दै आक्रोश पोखेका थिए । सिके राउतसंगको सम्झौतालाई देशको विरुद्ध भएकाले जनमत संग्रहको नाममा ओलीले मधेशलाई तहसनहस पार्न खोजेको बताए ।

पार्टीका प्रबक्ता एवम् यूवा नेता विश्वप्रकाश शर्माले कांग्रेसका एजेण्डामा ओली सरकार रमाईरहेको बताउँदै सरकारले समृद्ध नेपालको नाममा सरकारले खरवौंको विदेशी ऋण लिएर देशलाई अस्तब्यस्त बनाउन लागेको दावी समेत गर्नुुभयो। पार्टीको भवन उद्घाटनको अवसरमा नेपाली कांग्रेसका केन्द्रिय नेताहरु समेत सहभागि थिए । करिव ८० लाखको लागता निर्मित भवनमा चन्दा सहयोग गर्नेलाई सम्मान समेत गरिएको थियो ।

सोही अवसरमा कांग्रेसका केन्द्रिय नेता रामहरी खतिवडा लगाएतले समेत सरकारको आलोचना गरेका थिए । पार्टी भवन उद्घाटनमा सहभागि हुन जिल्लाका विभिन्न स्थानीय तहबाट नेताकार्यकर्ताको उपस्थिती रहेको थियो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका थिए भने भवन निर्माणका लागि सहयोग गर्ने चन्दादातालाई सम्मान गरिएको थियो । पार्टी उपसभापति माधवप्रसाद रेग्मीको स्वागत, सचिव क्याप्टेन मिन बहादुर कार्की र सहसचिव भरत रकालले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सभापति खम्बीर गर्बुजाले अध्यक्षता गरेका थिए ।