जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारका एक आगलागी पिडितलाई जापानबाट आर्थिक सहयोग गरिएको छ । विद्युत सर्ट भई घर जलेर नष्ट भएपछि स्थानीय भुपेन्द्रबहादुर खड्काको परिवारलाई राहत तथा पुर्नस्थापनाका लागि जापानमा रहेका टोपीचौर गाउँका भुविन्द्र खड्काको संयोजनमा संकलन भएको ९९ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिएको हो ।

पीडितको उपस्थितिमा स्थानीय राजकुमार खड्का, ठाकुर प्रसाद बरुवाल, राजाराम बरुवाल लगाएतको उपस्थितीाम सहयोग रकम हस्तान्तरण गरिएको थियो । गत माघ ११ गते शुक्रबा्र दिउँसो ३ बजे विद्युत सर्ट भई आगलागी हुदाँ एक्सीलेन्ट भ्यू लज एण्ड रेष्टुरेन्ट समेत रहेको पाँच कोठे घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । आगलागी पिडित खड्कालाई स्वदेश तथा विदेशमा रहेका घारबासीले सहयोग गरेका छन् । पीडितले लत्ताकपडा, खाद्यान्न सहित नगद सहयोगले सहज भएको बताएका थिए ।