सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा म्याग्दीबाट पश्चिमाञ्चलस्तरीय छनौट खेलको नेतृत्व गरेकी अरुणा शाहीले म्याग्दीलाई सजिलै पश्चिमाञ्चलस्तरीय च्याम्पियन बनाईन्। म्याग्दीमै सम्पन्न भएको उक्त छनौट खेलमा उपाधीमा जिताईन् ।सातौं राष्ट्रिय खेलकुदमा भलिवलमा कास्य पदक ल्याउन महत्वपूर्ण भूमिका खेलेपछि बर्ष उत्कृष्ट खेलाडी घोषित भइन । इतिहासमै पहिलोपटक महिला भलिबल प्रतियोगितको उपाधी जितेपछि म्याग्दीले शाहीको नेतृत्वमा सहभागि हुने गरेको छ ।

जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेमा जन्मिएकी शाहीले शनिबार पोखरामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा समेत म्याग्दीलाई स्वर्णपदक सहित गण्डकी प्रदेशमै च्याम्पियन बनाउन सफल भएकी छन् । प्रदेश नम्बर ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि पश्चिमाञ्चल खेलकुद विकास समितिको छनौट खेलमा कास्कीलाई २ का विरुद्ध ३ सेटले गण्डकी प्रदेशको उपाधी जितेको हो । दुई–दुई सेट आफ्नो पक्षमा पारेको अवस्थामा अन्तिम सेटमा शाहीको चमत्कारीले कास्कीलाई १२ का विरुद्ध १५ अंकले पराजित गरेको थियो।गण्डकी प्रदेशमा कास्की महिला भलिबलमा उपाधीका लागि बलियो मानिन्छ ।

कास्कीलाई निकै प्रतिस्पर्धात्मक खेलमा रोक्न सक्नु ठूलो उपलब्धी भएको शाहीले बताईन् । ‘आफ्नो जिल्लाबाट सहभागि भएर उपाधी जित्दा धेरै उत्साहित हुन्छु,‘सबैको मेहनतले नै उपाधी जित्न सहज हुन्छ’ शाहीले भने । ओपन स्पाइकर र सेटरको रुपमा प्रतियोगितामा सहभागी हुने शाही नेपाली महिला भलिबलकी अब्बल खेलाडी मानिन्छन् । ओपन स्पाइकर र सेटरको भूमिका देखिने शाहीले आफ्नो जिल्लाबाट क्षत्रीय तथा राष्ट्रियस्तरका खेलमा सकेसम्म समय ब्यवस्थापन गर्ने बताए ।

२०६४ साल देखी विद्यालय उमेरबाटै भलिबल खेलमा प्रवेश गरेकी शाहीले क्षेत्रीयस्तरको खेलमा सहभागि हुदै राष्ट्रिय टोलीमा प्रवेश गरेकी थिईन् । म्याग्दीबाट पवित्रा विसी, सृजना पाईजा, रेविना घर्ती, सुस्मी पुर्जा, मायाँ तिलिजा, मेनुका तिलिजा, दुर्गा पाईजा र निसा पाईजा लगाएतका खेलाडी मैदानमा थिए । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले शाहीको उपस्थितीमा भएका दुईवटा क्षेत्रीयस्तरको प्रतियोगितामा म्याग्दीले उपाधी जितेको बताए। ‘उदीयमान भलिबल खेलाडी जन्माएको जिल्लाले उहाँको खेल्ने कलालाई समेत प्रयोग गर्नुपर्छ,‘जिल्लामा भलिबल खेलमा प्राथमिकता दिनुपर्छ’ विश्वकर्माले भने ।

उनले खेलकुद विकास समितिको जिम्मेबारी सम्हालेपछि आफ्नो कार्यकालमा शाही सहित राष्ट्रिय खेलाडी राजु शेरचन,कमला पुन, मिलन शाही जस्ता खेलाडीलाई जिल्लाबाट हुने खेलमा सहभागि गराउने गरेको बताए । विगतमा पुरुष तथा महिला भलिबलमा जिल्लास्तरमै सिमित हुने खेलाडी अहिले क्षेत्रीय तथा ब्यवसायीक खेल खेल्ने गरेका छन् । मेलापर्वमा आयोजना हुने आर्कषक धनराशीका खेलमा समेत म्याग्दीका खेलाडीको उपस्थिती हुने गरेको छ ।