जिल्लाको मंगला गाउँपालिका बरंजामा हेलिप्याड निर्माण गरिएको छ । एक वडा एक हेलिप्याडको अभियानलाई तिब्रता दिएको गाउँपालिकाले महेन्द्ररत्न माविको प्राङ्गनमा गाउँपालिकाको आर्थिक् तथा शसस्त्र प्रहरीको प्राविधिक सहयोगमा निर्माण गरिएको कृषि शाखाका प्राविधिक जगत बानियाँले बताए ।

आकस्मिक बिरामी र दुर्घटनाका घाईतेलाई तत्कालै उद्धार गरी अस्पतालसम्म पु¥याउन र विपद्मा आवश्यकता अनुसार राहत उपलब्ध गराउन सहज हुने गरी गाउँपालिकाले कुहुँ र हिदीमा निर्माण गरिसकेको छ । बरंजा सहित ३ वटा वडामा सम्पन्न गरेको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् । उनका अनुसार हेलिप्याड बनाउन जिल्ला विपद् ब्यवस्थापन समितिसंग सहकार्य गरिएको छ ।

सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनामा गम्भीर घाईतेमा सहजै उपचारको पहुँच बढाउन सुरू गरेको ’एयर एम्बुलेन्स’ सुरू गरेपछि वडास्तरमै नेपाली सेनाको एआई १७ हेलिकप्टरलाई समेत सहज हुने गरी हेलिप्याड बनाइएको उपाध्यक्ष केसीले बताईन् । उनले जिल्ला प्रशासन कार्यालयबाट प्रजिअ लीलाधर अधिकारी सहितको टोलीले स्थलगत रुपमै पुगेर अनुगमन सहित प्राविधिक सहयोगले समेत बाँकी वडामा समेत सम्पन्न गरिने बताईन् ।

बरंजामा निर्माण गरिएको हेलिप्याडले वडा नं ३ र ४ का बासिन्दालाई सहज हुने छ । हालसम्म मालिका गाउँपालिकाले सबै ७ वडामा हेलिप्याड बनाएको छ भने अन्य गाउँपालिकाले समेत वडैपिच्छे हेलिप्याड बनाउने प्रतिबद्धता जनाएका छन् । जिल्लाको धवलागिरी, रघुगंगा गाउँपालिकाका केही वडामा अझे सडक सञ्जाल पुग्न सकेको अवस्थामा आकास्मिक उद्धारका लागि हेलिकप्टरको आवश्यकता रहेको छ ।