Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

हाजिरीजवाफ प्रतियोगितामा लोकदिप प्रथम

लोकदिप आवासीय मावि यूवा रेडक्रस सर्कलले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा आयोजक लोकदिप आवासीय मावि प्रथम भएको छ । विद्यालयको प्राङ्गनमा आयोजित प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि द्धितिय र गलेश्वर आमावि तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतियले क्रमश ८ हजार, ६ हजार र ४ हजार नगद, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उद्घाटन गदैं नेपाल रेडक्रस सोसाईटीका सभापति लेकबहादुर हमालले अतिरिक्त क्रियाकलापमले विद्यार्थीको क्षमता बृद्धिमा सघाउने बताए ।

त्यस्तै बिशिष्ट अतिथि वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले किताबी ज्ञान मात्र नभई बाहिरी ज्ञान पनि हुनु आवश्यक भएको बताए । उनले कितावी संगै ब्यवहारिक ज्ञानको समेत आवश्यकता रहेको बताए । प्रतियोगिताको अवसरमा बेनी नगरपलिका शिक्षा शाखाका प्रमुख विश्वप्रकाश रेग्मी,केशवप्रसाद रेग्मी, शिक्षक अभिभावक संघका अध्यक्ष नवराज पौडेल लगाएतको उपस्थिती रहेको थियो । प्रतियोगिताको शिक्षक बेदनाथ शर्माले सञ्चालन गरेका थिए भने सञ्चालक समितिका अध्यक्ष नैनकुमार श्रेष्ठले अध्यक्षता गरेका थिए । प्रतियोगितामा १० विद्यालयको सहभागिताम रहेको थियो । लोकदिप म्याग्दीको पहिलो निजी विद्यालय समेत हो ।

Exit mobile version