म्याग्दीको मालिका गाउँपालिका–६ दुखूबेशी निवासी हाल संयुक्त अधिराज्य बेलायत (युके ) मा कार्यरत समाजसेवी एवम् चन्दादाता दल बहादुर रोका मगरले दुर्गम गाउँको विद्यालयलाई आर्थिक सहयोग गर्नुभएको छ । दुखुलेक स्थित मालिका आधारभुत विद्यालयलाई समाजसेवी एवम् चन्दादाता रोका मगरले १ लाख रुपैयाँ सहयोग गर्नुभएको हो ।

समाजसेवी एवम् चन्दादाता रोका मगरले गत शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच सहयोग रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम रोका मगर र प्रअ पहल बहादुर रोका मगरलाई हस्तान्तरण गर्नुभएको हो।सहयोग रकम हस्तान्तरण गर्नुहँुदै समाजसेवी एवम् चन्दादाता रोका मगरले दुर्गम क्षेत्रमा रहेको विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि , गरिब विपन्न विद्यार्थिहरुलाइृ छात्रबृतिमा सघाउने, भौतिक पुर्वाधार निर्माण र प्राविधिक शिक्षाको विकासका लागि आर्थिक सहयोग गरिएको बताउनुभयो ।

प्रवासमा रहेर पनि ग्रामिण क्षेत्रको विद्यालयलाई आर्थिक सहयोग गरि विद्यालयलाई ठुलो योगदान दिएको बताउँदै प्रअ रोका मगरले समाजसेवी एवम् चन्दादाता रोका मगर प्रति धन्यवाद तथा आभार व्यक्त गुर्नभयो ।आधारभुत तहको एक देखी कक्षा आठ पढाई हुने प्रअ रोका मगरले जानकारी दिनुभयो । दुर्गम ठाउँ र आवश्यक शिक्षकको दरबन्दी व्यवस्था नहुँदा निजि श्रोतका शिक्षकलाई तलब जुताउन विद्यालयलाई ठुलो आर्थिक भारको समस्या पर्ने गरेको प्रअ रोका मगरको भनाई छ ।