व्यस्त जीवन अनि बाहिरी खानाको मोह जसले हाम्रा स्वास्थ्यमा ठूलो असर पुर्‍याउछ । यस्तो बानीले ग्यास्ट्रिक निम्त्याउँछ ।

छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्नु, रिँगटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु गयास्ट्रिकका लक्षण हुन्।

त्यसै गरी ग्यास्ट्रिकमा वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ(ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने लक्षण देखिन्छ। आमाशयका भित्तामा भएको इन्फ्लायिसन सुन्निएर रातो तातो भएर दुख्ने समस्या भने आमाशयका भित्ताको श्लेष्म झिल्ली च्यातिएर घाउ भएको अवस्थालाई भने ग्यास्ट्रिक अल्सर भनिन्छ।

ग्यास्ट्रिकको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रूप हो। ग्यास्ट्राइटिसलाई तीव्र तथा दीर्घ रजीर्ण गरेर दुई समूहमा बाँडिएको छ। तीव्र ग्यास्ट्राइटिस पेटका भित्ताहरूमा भएका कोषहरूका लागी हानी गर्ने पदार्थहरूको सेवनले गर्दा हुन्छ । ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो। तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ। तसर्थ चिकित्सकको निगरानीमा रोगको निदा तथा उपचार गर्नतिर लागौँ। दीर्घ र जीर्ण ग्यास्ट्राइटिसको ठुलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ।

ग्यास्ट्रिक सबैलाई हुने रोग भन्दै धेरैजसोले बेवास्ता गरेको पाइन्छ । तर, कतिपय अवस्थामा ग्यास्ट्रिककै कारण ज्यान पनि जान सक्छ । आफ्नो जीवनशैलीमा सुधार ल्याउन सके ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

-पानी नियमित पिउनुपर्छ । जसले पेटमा ग्यास भरिन नदिनुका साथै शरीर सन्तुलनमा राख्न सहयोग गर्छ । तर, कोल्डड्रिंक्स भने पिउनुहुँदैन, जसले झन् ग्यास बढाउँछ ।
-ल ग्यास्ट्रिक भएकाले समय–समयमा खानेकुरा खाइरहनुपर्छ । लामो समयसम्म नखाँदा पेटमा हावा भरिएर समस्या हुन्छ ।
– धूम्रपान, मद्यपान गर्नुहुँदैन । साथै, जंंकफुड सकभर खानुहुन्न ।
– बढी पिरो, अमिलो, बयमको अचार, मसलेदार खानाबाट सजग हुनुपर्छ ।
– बिहान उठ्नेबित्तिकै दुई–तीनवटा लसुनका पोटी खानुपर्छ । जसले ग्यास्ट्रिक समस्यामा फाइदा गर्नुका साथै उच्च रक्तचापको जोखिमसमेत कम गर्छ ।
– पेटमा धेरै ग्यास भएका वेला कागती पानी पिउनु उपयुक्त हुन्छ । जसले ग्यास हटाउनुका साथै पेट फुल्नसमेत दिँदैन ।
– दुखाइ कम गर्ने औषधि सकेसम्म प्रयोग नगर्ने ।