स्कुले विद्यार्थीसंग म्याग्दी प्रहरीको समुदाय-प्रहरी साझेदारी कार्यक्रम

समुदायमा हुने गतिविधिमा स्कुले बालबालिकाको सक्रियतालाई मध्यनजर गदैं म्याग्दी प्रहरीले सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसंग समेत कार्यक्रम सुरु गरेको छ ।  समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई बालबाकिलासंग जोड्ने अभियान अन्तरगत सदरमुकाम बेनीमा अवस्थित लोकदिप आवासीय मापव र लिटल गार्डेनका ३० जना विद्यार्थीलाई सुरक्षित समुदाय, कानुनले बर्जित गरेका गतिविधिलाई न्यूनिकरणमा बालबालिकालको भूमिका लगाएत अभियानका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले म्याग्दीमा कुनैपनि किसिमका अपराधिक घटनालाई निस्तेज पार्न प्रहरीले समुदायको सहयोग आवश्यक रहेको बताएको छ । बालबालिकाले लिएको सन्देशलाई आफ्नो घर हुदै छिमेकी र समाजमा फैलाउन सकेमा घटना न्यूनिकरणमा सहज हुने प्रनाउ मरासिनीको भनाई छ । प्रहरीले स्थानीय तह तथा विद्यालय, समुदायमा आवद्ध विभिन्न संघसंस्थालाई लक्षित गरी समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिरहेको छ ।