विप्लवको बन्दका कारण म्याग्दीको जनजीवन प्रभावित

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दले म्याग्दीको जनजीवन प्रभावित बनेको छ । सरकारले प्रतिबन्ध लगाएको नेकपाले आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै गरेको बन्दका कारण म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाका ब्यापारिक केन्द्रका अधिकांस पसल बन्द अवस्थामा छन् ।

विप्लव समूहले बन्दको पूवसन्ध्यामा बुधबार राती सदरमुकाम बेनीसम्म आवाज आउने गरी बम विष्फोट समेत गरेका थिए । बन्दका कारण म्याग्दी भित्रका ग्रामिण सडसंगै जिल्ला बाहिर जाने यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने कल कारखाना, पसल,शैक्षिक संस्था पूर्णरुपमा बन्द भएका छन् । बन्दलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा पारिएको म्याग्दी प्रहरीले जनाएको छ। बन्दबाट म्याग्दीमा कुनै घटना भने भएको छैन् ।