बेनीबजारमा एक्कासी हावाहुरी चल्दा (फोटो फिचर)

म्याग्दीको सदरमुकाम बेनीमा एक्कासी हावाहुरी चल्दा जनजीवन प्रभावित भएको छ । मौसम सफा भएपनि साँझ साढे ५ बजे मौषम बदली भई हावाहुरीसंगै बर्षाभइपछि सडक अन्धकार भएको थियो । सवारीसाधन तथा पैदलयात्रा गरिरहेका सर्वसाधारणले जोडदार हावाहुरी चलेपछि सदरमुकाम बेनी आसपासको वातावरण धु्लाम्य भएको थियो ।

म्याग्दीको सदरमुकाम बेनीमा एक्कासी हावाहुरी चल्दा जनजीवन प्रभावित भएको छ ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Thursday, March 14, 2019

करिव २० मिनेट हावाहुरी चलेपछि हल्ला बर्षासंगै जनजीवन सामान्य भएपछि सर्वसाधारण गन्तब्य तर्फ लागेका थिए । मौषमविद्का अनुसार चट्याङ गराउने बादलकाकारण एक्कासी हावाहुरी चल्ने गरेपनि मनसुन सुरु हुनुभन्दा अगाडी हावाहुरी, आँधी आउने र चट्याङले समेत क्षती पुग्ने भएकाले सचेत हुनुपर्छ ।

हावाहुरी सँगै पानी पार्ने यस्तो बादललाई क्युनोनिमस क्लाउड भनिन्छ । यस्तो बादल तल जमिनतिर आउनुलाई डाउनड्राफ्ट भनिन्छ । यही कारणले धुलो उड्ने गरी हावाहुरी लाग्छ । यसले नै चट्याङ्ग समेत उत्पन्न गर्छ । हावाहुरी र पानी सँगै चट्याङ्ग गराउने बादलको विकास भएपछि विभिन्न अवस्था हुँदै सकिने गर्दछ । यसैबीच हावाहुरीका कारण बेनी आसपासका साथै जिल्लाभरीको क्षतीका बारेका जानकारी प्राप्त भएको छैन् । तस्वीरहरु हरिकृष्ण गौतम