समान्यतया निजी तथा सामुदायिक विद्यालयका कक्षाकोठालाई अंङ्कले विभाजन गर्ने गरिन्छ ।तर,म्याग्दीको एक निजी विद्यालयले जिल्लाभित्र रहेका पर्यटकीय तथा धार्मिकस्थल,तालतलैयाको प्रचारप्रसार गर्ने उद्देश्यले लोकप्रिय र ओझेलमा परेका क्षेत्रको नामबाट कक्षाकोठाको नामाकरण गरेको छ ।

बेनी नगरपालिका–८ महारानीथानमा अवस्थित माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयले कक्षा ४ देखि १० सम्मका कक्षाकोठामा पर्यटकीयस्थल र छात्राबासमा धार्मिकस्थलले नामाकरण गदैं सम्पूर्ण विवरणका बारेमा विद्यार्थीलाई जानकारी दिने नयाँ अभ्यासको सुरूवात गरेको छ। विद्यालयको नवनिर्मित भवनमा जिल्लाका ६ वटै स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय तथा नदीहरूको नाम, तस्वीर सहितको जानकारी राखेर विद्यार्थीलाई जिल्लालाई चिन्ने अवसर दिलाएको म्यानेजिङ डाइरेक्टर किरण सापकोटाले बताए ।

‘धेरै विद्यार्थीलाई आफ्नै् जिल्लाभित्र रहेका प्रख्यात स्थलको बारेमा जानकारी छैन्,‘अब हरेक विद्यार्थीले आफ्नो कक्षाकोठाको नामाकरण गरिएको क्षेत्रका बारेमा पूर्णरुपमा जानकारी लिनेछन्’ सापकोटाले भने ।उनले विश्वमै चर्चित पर्यटकीयस्थल पुनहिल, घोरेपानी, रुप्से झरना, अन्धगल्छी, धौलागिरी हिमाल सहित स्थानीयस्तरमा ओझेलाम परेक झरना, पर्यटकीयस्थल,तालतलैया लगाएतलाई समेटेको बताए ।

कक्षाकोठासंगै छात्रबासको कोठालाई जिल्लाभित्रकै धार्मिकस्थलका नामबाट नामाकरण गरिएको छ । त्यस्तै कक्षाकोठामा समावेश गरिएको नाम भएको क्षेत्रमा शैक्षिक भ्रमण सहितको योजना समेत बनाइएको विद्यालयका एकेडेमिक डाइरेक्टर राजु केसीले बताए ।

उनका अनुसार म्याग्दी जिल्लालाई कक्षाकोठाभित्रै उपलब्ध गराउने गरी विद्यालयले अधारभुत तहदेखि जिल्लाभित्रका आवश्यक गतिविधिका बारेमा विद्यार्थीलाई जानकारी गराउने बताए । ‘आफ्नै जिल्लाका बारेमा धेरै जानकारी हुदैन्,‘अव हरेक विद्यार्थीले जिल्लाका आवश्यक सबै जानकारी दिनसक्छन्, दैनिक त्यस्ता साम्रागीसंग खेल्नुपर्छ’ केसीले भने । उनले विद्यालयले ठाउँ मात्र परिवर्तन नगरी समग्र शैक्षिक नीतिमा समेत परिवर्तन गरेको बताए । हरेक महिनाको अन्तिम शुक्रबार जिल्लाभित्र रहेका स्थानीय तहका बारेमा जानकारी सहितको कक्षा सञ्चालन गर्ने बताए ।

उनले विद्यालयभित्र विभिन्न समुहमा विभाजन गरी विद्यार्थीलाई सौर्यमण्डलका ग्रहको नामलाई हटाएर कक्षाकोठामा समेट्न नसकिएका जिल्लाभित्रका आवश्यक स्थानका नामलाई जोड्ने बताए ।जिल्लालाई चिनाउने गरी विद्यालयले सुरु गरेको अभियानलाई अभिभावकले समेत स्वागत गरेका छन् । विद्यालयका अभिभावक रामबहादुर खत्रीले एसईई दिएर उच्च शिक्षाका लागि जाने बेलामा विद्यार्थीले जिल्लाका बारेमा सहजै जानकारी गराउन सक्नु ठूलो उपलबधी हुने बताए।

नीजि विद्यालयका विद्यार्थीलाई बाहिरी ज्ञानका बारेमा प्रयाप्त जानकारी नहुदाँ धेरै समस्या भइरहेको बताउँदै उनले विद्यालयको अभियानलाई अभिभावकले समेत सहयोग गर्ने बताए । यता विद्यालयले अंग्रेजी, नेपाली भाषासंगै चिनियाँ सहित तेस्रोमुलुकका भाषामा समेत विद्यार्थीलाई दख्खल राख्न सक्ने बताउने जनाएको छ । खेलकुद सहित आवश्यक मापदण्डका कक्षाकोठा, विद्यालयमै स्वास्थ्यकर्मी सहितको सुविधा, खेलकुद मैदान र चमेनागृहमा पौष्टिक आहार सहितको सुविधालाई समेत केन्द्रित गर्ने जनाएको छ ।