उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिएमा अधिकांशले कस्मेटिक सामान प्रयोगमा ल्याउने गर्छन् । यद्यपि, यिनीहरूमा पाइने रसायनले कपालमा बढी नकारात्मक असर पर्छ । तसर्थ, सकेसम्म आफ्नै भान्सामा पाइने वस्तु प्रयोग गर्न आवश्यक छ ।नरिवलको तेलमा कागतीको रस मिसाएर मसाज गर्ने । यसरी मसाज गरेको एक घन्टामा धुनुपर्छ ।

त्यस्तै, कपालमा नियमित बदाम र नरिवलको तेल लगाउन सकिन्छ । यसले कपाल फुल्ने मात्र नभएर रुखो हुने समस्याबाट समेत बच्न सकिन्छ ।  अमलाको रस निरन्तर कपालमा लगाएमा सेतो कपाल कालो हुन्छ ।कपालमा काँचो मेवा र कालो तिलको रस प्रयोग गर्न सकिन्छ ।साथै, कपाल स्वस्थ राख्न भिटामिन, मिनरल्स, फलाम आइरन, कपर प्राप्त हुने पोषणयुक्त खानेकुरा खानुपर्छ । जसका लागि माछा–मासु, ग्रिन टी, सागपात, गाँजर, मेवा, अंगुर आदि खान आवश्यक छ । (एजेन्सीको सहयोगमा )