राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा सहभागि हुनुभएकी राष्ट्रपति भण्डारी आज दिउसो साढे ३ बजे कतार एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा आउदैँ हुनुहुन्छ । त्यहाँ रहँदा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति कुटनीतिक समुदाय, संयुक्त राष्ट्रसघंका पदाधिकारी, व्यापारिक समुदायलगायतसँग भेटघाट एवं वार्ता गर्नुभएको थियो । उहाँ सोमबार अमेरीका जानुभएको थियो ।

विमानस्थलबाट राष्ट्रपति भण्डारी शितलनिवास सवारी हुने क्रममा सर्वसाधारणको आवत–जावतमा भने रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ । यसअघि राष्ट्रपतिको सवारीका क्रममा धेरै बेर कुर्नुपरेको भन्दै सर्वसाधारणले आक्रोस पोखेका थिए ।