घायलश्री/ बाबु ओविन्द्रराज शर्मा र आमा हरीकला शर्माको कोखबाट दोस्रो सन्तानको रुपमा २०४२ ज्येठ दुई गते रघुगङ्गा–२ ,भगवती म्याग्दीमा जन्मिएका तिलुशर्मा पौडेल विगत एक दशकदेखि प्रवासमा रहेर पनि निरन्तर कला तथा सामाजिक क्षेत्रमा लागिरहेको नाम हो । कक्षा १२ सम्म अध्ययन गरेपछि आफ्नो जिविको पार्जनका लागि परदेशिन बाध् य भए तर पनि उनीभित्रको सामाजिक सेवाको भावना र कला क्षेत्रप्रतिको झुकावले आकार लिँदै गयो । सानै देखि सामाजिक कामहरु गर्न मन पराउने उनी आफूलाई सामाजिक ब्यक्तिको रुपमा चिनाउन चाहान्छन् ।

मोना कतारको अध्यक्ष समेत रहेका तिलु ओमकुमारी शान्ति कोष, मोना कतार लगायत विभिन्न सामाजिक संस्था मार्फत विभिन्न समयमा विभिन्न समस्याहरुमा परेकाहरुलाई सहयोग गर्ने गरेका छन् । मेला महोत्सवहरुमा गरिने सहयोग मात्र होइन, खोटाङ्, गुल्मीमा एम्वुलेन्स खरिद गर्दा होस् वा मोरङ तथ सुनसरीका विद्यार्थी भाइ बहिनीहरुका लागि शिक्षामा लगानी गर्दा होस् अथवा लोक दोहोरी गीत प्रष्ठिान कतारको भवन निर्माण गर्दा होस्, उनले प्रत्यक्ष सहयोग गरेका छन् ।

भूकम्प पीडितहरुका लागि समेत सक्दो राहत जम्मा गरेका छन् । कतार पुगेरपनि विचल्लिमा परेका धेरै जनाको उद्धारमा जुटेका छन् उनी । भन्छन्– ‘संस्थामा आवद्ध भएर पूरै संस्थाको हीत हुने गरेर काम गरेको छु । मलाई यसरी काम गर्न पाउँदा आनन्द पनि लाग्दछ ।’ ओमकुमारी शान्ति कोष मार्फत् पनि धेरै विमारीहरुको सेवामा समेत जुटेका तिलुशर्मा पौडेललाई एक उदयीमान कलाकार तथा मोडलको रुपमा समेत चिनिन्छ ।

नवोदित साहित्यिक वाचनालय कतारको समेत महासचिव रहेका उनी अन्तरराष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा साहित्यिक श्रीवृद्धिका लागि मासिक रुपमा वाचन डवली समेत प्रत्यक्ष लागेका छन् । साहित्य तथा कला क्षेत्रलाई नजिकबाट नियाल्ने मौका पाएका उनले भन्छन्– ‘साहित्य र कलावीचको सम्वन्ध भनेको नङ् र मासुवीचको सम्वन्ध जस्तै हो ।’ वसन्त फिल्मस् प्रालि अनामनगरको ब्यवस्थापक भए सयभन्दा बढि म्युजिक भिडियोहरुको बजार ब्यवस्थापन समेत गरेका उनी ‘ओरालीमा वर’(२०१७) लोक पञ्चेबाजा मार्फत् पहिलोपटक अभिनय यात्रामा उत्रिए ।

लोक दोहोरी गीत प्रतिष्ठान कतार शाखाको सचिवालय सदस्यमा रहेर काम गरिरहेका तिलुले त्यस लगत्तै ‘बगर फाँटैमा’ ‘माया माया हो’ गीतहरुमा मोडलिङ् गरे । भविष्यमा पनि यिनै सामाजिक कामहरुमा सक्रिय हुने तथा कला क्षेत्रको विकासका लागि जुनसुकै सहयोग गर्न हर समय तत्पर देखिन्छन् । हालसालै म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्य समिति मोना कतारको नवौं अधिवेशनबाट अध्यक्षजस्तो गरिमामय पदमा निर्वाचित हुन सफल भएका तिलुकोे बाँकी सामाजिक, साङ्गीतिक तथा साहित्यिक यात्रा सफल रहोस् । हार्दिक शुभकामना ।