सरकारले २०७६ का लागि १५ दिन सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले देशैभरी विदा हुने गरी १५ दिनमात्र सार्वजनिक विदाको शुक्रबार राजपत्रमा सूचना प्रकाशित गर्दै जानकारी दिएको गराएको हो ।

सरकारले वैशाख महिनामा २ दिन मात्रै विदा दिएको छ । नयाँ वर्षका दिन वैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन वैशाख १८ गते बुधबार देशभरका लागि सार्वजनिक विदा दिइएको हो ।

तर जेठ महिनामा भने एक दिनमात्र ४ गते शनिबार सार्वजनिक विदा दिइएको छ भने असार, साउन, भदौ, मंसिर, पुस, माघ, र चैत महिनामा एक दिन पनि देशभरका लागि सार्वजनिक विदा दिइएको छैन् ।

त्यस्तै असोज ३ गते शुक्रबार संविधान दिवस र १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिनको सार्वजनिक विदा छ ।

तिहारका लागि कात्तिक विदा छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन सार्वजनिक विदा दिइएको छ ।

मंसिर, पुस र माघ महिनामा विदा छैन् । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस र फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकीमा फागुन २७ गते मंगलबार सार्वजनिक विदा छ ।चैत महिनामा कुनै विदा छैन् ।