फेवातालमा डुबेर एकको मृत्यु

फेवातालमा डुबेर एक युवाको मृत्यु भएको छ ।गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिएका छन् । गण्डकी मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत बेनी नगरपालिकाका २४ वर्षीय शिशीर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए ।

उनका अनुसार केसीको शवलाई तालबाट निकालेर पोस्टमार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। पोखरा १८ सेदीबगर नजिकै शनिबार बिहान साढे १० बजे उनी तालमा डुबेका थिए । तालका कसरी डुबे भन्ने बारेमा अनुसन्धान भइरहेको भए पनि प्रारम्भिक अनुसन्धानबाट उनले तालमा हामफालेको अनुमान प्रहरीले गरेको छ ।