घतान-मौवाफाँट जोड्ने झोलुङ्गे पुल बन्यो, तीनघण्टाको बाटो १५ मिनेटमै

म्याग्दीका दुई स्थानीय तह जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि तीनघण्टाको बाटो १५ मिनेटमै छोटिएको छ । जिल्लाको रघुगंगा गाउँपालिका वडा नं ३ मौवाफाँट र बेनी नगरपालिका वडा नं ९ घतान जोड्ने पुल निर्माण भएपछि भिर, जंगल, खोल्साखोल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य भएको पुल निर्माणको अगुवाई गरेका नेकपाका जिल्ला नेता बालकृष्ण सुबेदीले बताए । उनका अनुसार पुलको निर्माणसंगै दुवै क्षेत्रका जनतालाई आवतजावतका साथै आन्तरिक तथा बाह्य पर्यटकको चहपहल समेत हुने बताए ।

उनले मौवाफाँटका बासिन्दाले पशुचौपयाको चरनक्षेत्रको रुपमा समेत प्रयोग गर्ने गरेको अवस्थामा पुल निर्माण भएपछि स्थानीयलाई सहज भएको छ ।१ सय २५ मिटर लम्बाई रहेको छ ।

पुलको निर्माणसंगै बेनी नगरपालिका घतान सहित तोरीपानी लगाएतका क्षेत्रबाट सवारीसाधनमा घुमेर आवतजावत गर्नुभन्दा पनि स्थानीयलाई पदैलयात्राबाटै रघुगंगा गापाको पिप्ले, मौवाफाँट लगाएतका क्षेत्रमा आवतजावतमा सहज भएको काउलेगौडाका स्थानीय तेजेन्द्र बानियाँले बताए । पुल निर्माण भएपछि स्थानीय अवलोकनका लागि जान थालेका छन् । कुल ५९ लाखको लागतमा सम्पन्न भएको थियो । पुल निर्माणसंगै पर्यटनका अन्य आर्कषणहरुका बारेमा समेत छलफल हुने बेनपा ९ का वडा अध्यक्ष बेल बहादुर चोखालले बताए ।