‘आफ्नो धर्मको रक्षा गरौंँ,वन्धुत्व भाव जगाउँ’ भन्ने मूल अभिप्राय सहित पछिल्लो समय नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवाज सशक्त रुपमा उठिरहेको बेला हिन्दू राष्ट्र निमार्णमा सहयोग पु–याउने उद्देस्यले बेनी नगरपालिकाको वडा नं.–२ को ठूलो खवरामा चैत्र ३ गते आइतबारका दिन निलकण्ठ सापकोटाकोे अध्यक्षतामा नौ सदस्यिय विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिएको छ ।

त्यसैगरि समितिको उपाध्यक्षमा वविता सापकोटा, सचिवमा हरिराम शर्मा, कोषाध्यक्षमा लक्ष्मी खड्का र सदस्यहरुमा क्रमशः विष्णु कुँवर, सीता शर्मा, यामबहादुर घिमिरे, शेरबहादुर सापकोटा र कर्णबहादुर खड्का चयन हुनुभएको छ । वडा समितिको सल्लाहकार सदस्यहरुमा भद्रबहादुर कार्की, प्रेमबहादुर कार्की, गुमानसिंह खड्का र जयबहादुर खड्का चयन हुनुभएको छ ।

गठित कार्य समितिले भाइचाराको सम्वन्ध कायम राख्दै हिन्दू धर्मको विरुद्धमा बढ्दै गएका क्रियाकलापहरुलाई निरुत्साहित गर्ने, धर्म परिवर्तन गराउँदै हिड्ने गिरोहहरुको खोजि गरि सम्वन्धित निकायमा बुझाउने जस्ता कामहरु गर्ने गठित समितिका अध्यक्ष श्री निलकण्ठ सापकोटाले बताउनु भयो । यसअघि बेनी नगरपालिकाको ६, ७ र ८ वाडहरुमा विस्व हिन्दू महासंघ वडा कार्य समिति गठन गरिसकिएकोे र बाँकि वाडहरुमा पनि समिति गठन गर्दै जाने विस्व हिन्दू महासंघ म्याग्दीका कोषाध्यक्ष सुन्दर केसीले बताउनु भयो । कार्यक्रम विस्व हिन्दू महासंघ म्याग्दीका कोषाध्यक्ष श्री सुन्दर केसी ज्यूको अध्यक्षता र सचिव लोकनाथ भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।