यस्तो छ म्याग्दी प्रहरीको होली विषेश योजना

रंगहरूको पर्व होलीलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय म्याग्दीले विषेश योजना बनाएको छ । होलीमा इच्छा विपरीत जवरजस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, बाटोमा आवतजावत गर्नेबटुवालाई फोहर पानी छ्याप्ने लगाएत पर्वको नाममा उच्छंखल गतिविधि विरुद्ध प्रहरीले विशेष सुरक्षा योजना लागु गरेको हो ।

बेनीबजारमा होलीलाई ब्यवस्थित बनाउन सामुदायिक प्रहरी सेवा केन्द्रसंग सहकार्य गरी सार्वजनिक सुचना सहित नगरपाकिला सहित जिल्लाका ६ वटै स्थानीय तहमा प्रहरीलाई होलीको नाममा मनपरी गर्नेलाई निगरानी गरी कारवाहीको दायरामा ल्याउन निर्देशन दिइएको छ । सदरमुकाम बेनीबजार, गलेश्वर, तातोपानी, बावियाचौर, दरबाङ लगाएत जिल्लाका विभिन्न क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालयसंगै चौकीलाई शान्तिपूर्ण तरिका बाहेक कानुनलाई हातमा लिन खोज्नेलाई बल प्रयोग गरी नियन्त्रणमा लिन निर्देशन दिएको म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासनीले बेनीअनलाइनलाई बताए ।

‘इच्छा विपरित रंग दलेको खण्डमा हामीलाई खवर गर्नुहोस्,‘पर्वलाई सहमतिमै मनाउनुपर्छ, जवरजस्ती गरे कारवाही हुन्छ’ प्रनाउ मरासनीले भने । उनका अनुसार लोला हानेको अवस्थामा प्रहरीको कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई अनुरोध गरेका छन् । बेनीबजारमा ४ देखी ८ वटा समुहमा ४० जना प्रहरी, मोवाईल गस्तीसँगै ग्रामिण क्षेत्रमा आवश्यकता अनुसार परिचालन गर्न निर्देशन दिइएको छ।

होलीमा युवाहरू मार्दकपर्दाथ सेवन गर्ने भएकाले बेनी तथा आसपासका क्षेत्रमा ट्राफिक चेकजाँच कडा बनाइनेछ । तिव्र गतिमा सवारी चलाउने, विना हेलमेट र मार्दकपदार्थको सेवन धेरै हुने भन्दै प्रहरीले ट्राफिकलाई सहयोग गर्न छुट्टै प्रहरी समेत खटाउने जनाएको छ । विहान दुईपटक गस्ती लगत्तै दिउँसो १२ बजे पछाडी गस्ती सहितका चेकजाँच कडा बनाइने प्रहरीले जनाएको छ । चोकचोकमा ट्राफिक प्रहरी सहित ग्रामिण सडकमा समेत मापासे गरेर सवारी सञ्चालन गर्न सक्ने भएकाले छड्के चेकजाँच सहितको योजना समेत रहेको स्रोतले जनाएको छ ।